टेक्नो ब्रान्डको नयाँ मोडेलले बजारमा सर्बत्र चर्चा कमाउदै

बजार माग पनि उक्तिकै

दाङ , सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्व ब्यापी रुपमामा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि मात्र प्रवेश गरेको टेक्नो ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य रूपमा बजार विस्तार गरेको र यो ब्रान्डको नेपालमा अधिकारिक बिक्रेता महालक्ष्मी मोबाईल्स प्रा लि रहेको प्रालिका महाप्रबन्धक सन्तोष भण्डारीले बताएका छन् ।

अहिलेको कोरोनाले ल्याएको यस्तो बिसम परिस्थिती पनि आफ्ना ग्राहकको चाहनालाई ध्यानमा राखी, टेक्नो मोबाईलले आफ्ना २ वटा नयाँ मोडेल स्मार्ट फोन बजारमा ल्याउने तयारी गरेको छ । सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगेको बेलामा प्रबिधिको दुनियालाई हेर्दा हाम्रो ब्रान्डले पनि राम्रो स्थान पाएको छ र अव आउने २ वटा नँया मोडेलहरुको पनि बजार माग राम्रो हुने प्रालिका महाप्रबन्धक भन्डारीले बताउछन् । यस कम्पनीले यतिमात्र नभएर एकपछि अर्को गर्दै बिभिन्न नयाँ तथा आकर्षक फिचरहरुको साथमा अन्य मोडलहरु नेपाली बजारमा क्रमश ल्याउने छ ।

मोबाइल ब्रान्ड १०० दिनको ग्यारेन्टिको साथमा १३ महिना वारेन्टी रहेको पनि कम्पनिले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजेको र खोजेको अनुसार पाउने र सर्भिस तथा पार्टसहरु सहजै पाउने पनि कम्पनिले बताएको छ ।साथै नेपालको बिभिन्न सहरहरुमा टेक्नो ब्राण्डले केडी सेभेन र सिडि एट नयाँ मोडलको स्मार्टफोन लञ्च गरेको छ । यसै क्रममा बाँकेको नेपालगंजमा पनि आजै मात्रै उक्त फेन सार्वजनिक गरी बजारमा ल्याएको प्रालिका सेल्स म्यानेजर मणिषकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार केडि सेभेनमा ४ जिबि र्याम र ६४ जिबि रोम रहेको छ भने सिडि एटमा ६ जिबि र्याम र १२८ जिबि रोम उपलब्ध रहेको छ । जसको बजार मूल्य केडि सेभेनको १५ हजार ९ सय ९९ र सिडि एटकोे २५ हजार ४ सय ९९ रहेको छ ।

टेक्नो ब्राण्डका यसअघिका स्मार्ट फोन प्रयोगकर्ताको रोजाइमा परेकाले विभिन्न सुविधासहित ल्याएको नयाँ स्मार्टफोन पनि रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ । यतिधेरै बिशेषता भएको स्मार्ट फोन बलियो र गुणस्तरिय स्मार्टफोन भएकाले प्रयोगकर्तालाई ढुक्क हुन समेत सेल्स म्यानेजर गुप्ताले आग्रह गरेका छन् । नेपालगञ्जमा बिक्री सुरु गरीएको टेक्नो ब्राण्डको बाँकेका लागि आधिकारिक बिक्रेता ओ एन्ड के ट्रेडर्स रहेको छ ।

ट्रेडसका प्रोपाइटर तारा केसर खत्रिले टेक्नो ब्राण्डका नयाँ स्मार्टफोनमा प्रयोगकर्ताको रोजाइ अनुसार विभिन्न फिचर उपलब्ध रहेको बताए । नेपालगंजको ओ एन्ड के ट्रेडर्सले टेक्नो सगै आइटेलको पनि बाँके जिल्लामा आधिकारिक रुपमा बिके्रताको रुपमा काम गरीरहेको छ र आइटेल मोबाइलको नँया स्मार्ट फोन भिजन १ पनि सार्वजनिक गरी बजारमा ल्याएको छ ।