सुनको मुल्य फेरी बढ्यो

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको फेरी बढेको ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।