विदेशको कमाईले प्रगति नभएपछि सुवेदीले भालुवाङमा सुरू गरे दुग्ध डेरी

दाङ, देउखुरीका एक युवाले विदेशको कमाईबाट प्रगति नभएपछि स्वदेशमै दुग्ध डेरी सञ्चालन गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी सुर्य सुवेदीले भालुवाङ पुल्चोकमा न्यु राप्ती दुग्ध डेरी सञ्चालन गरेका छन् ।

विगत लामो समय देखि कतार, साउदी र भारतमा गएर पसिना बगाए पनि आफुले सोचे अनुसारको फल नपाए पछि उनी स्वदेश फर्किएका हुन् । उनी २ वर्ष साउदीमा, ५ वर्ष भारतमा र १२ वर्ष कतारमा काम गरे उनी त्यहाँ रहदा काम सँगै दाङ देउखुरी सेवा समाज दोहा कतार नामक संस्थामा रहेर समाजसेवा पनि गरेका थिए । स्थानीय संदिप अधिकारीको पुर्ण सपोट र परिवारको प्रेरणाबाट दुग्ध डेरी सञ्चालन गरेको सुवेदीले बताएका छन् ।

करिव ५ लाखको लगानीमा देउखुरी भ्याली बोडिङ स्कुलको उत्तर तर्फ उनले सो डेरी सञ्चालनमा ल्याएका छन् । किसानहरूको दुध संकलनमा सहजता ल्याउन तथा ग्राहकवर्गहरूलाई गुणस्तरीय सेवा दिन दुग्ध डेरी सञ्चालनमा ल्याएको सुवेदीले बताएका छन् । यसै बिच बुधबार डेरीको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । डेरीको उद्घाटन राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले रिवन काटेर गरेका थिए । डेरीको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले ग्राहक वर्गलाई गुणस्तरीय सामाग्री दिन सक्नु पर्ने सुझाव दिदै सफलताको शुभकामना दिएका थिए ।

भने डेरीका सञ्चालक सुर्य सुवेदीले ग्राहकहरूलाई गुणस्तरीय सेवा दिने र निकट भविष्यमै दुग्ध चिस्यान केन्द्र सञ्चालनमा ल्याउने बताएका छन् । डेरीमा दुध, दही, पनिर, घ्यु, आइसक्रिम,कुल्फी, लस्सी बर्थ डे केक लगायत दुग्ध जन्य पदार्थ सुफथ मुल्यमा पाइने सञ्चालक सुवेदीले बताएका छन् ।