नेपाली बजारमा सुनको मूल्य पुन ओरालो

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य पुन ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।