आइतबार सुनको मूल्यमा गिरावट

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।