फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा मुल्य वृद्धि भएर सुची आएकोले इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताएका छन ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए । यसअघि एक महिना अघि पनि पेट्रोलियम पदार्थको मुल्य बढेको थियो ।