सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ, नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केहि समय यता प्रतितोला एक लाख नाघेको सुनको मूल्य पुनस् ओरोलो लागेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि बुधबार गिरावट आएको छ। यस दिन चाँदी तालामा २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ।

सुनचाँदी व्यवसायी तेज रत्न शाक्यका अनुसार रुसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाएको खबर बाहिरिएसँगै सुनको भाउ उच्च रुपले घटेको हो।