स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारी कोरोना संक्रमित

काठमाडौँ, स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरे ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति सीसीएमसीको टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो ।