सुनको भाउमा ऐतिहासिक रेकर्ड कायम

बुधबार, सुनको मूल्य एकतोलाको एक लाख भन्दा वढि कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।
यसअघि सुनको मुल्यले मंगलबार पनि रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।
आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चादी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ कोरोना भाइरस का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।