कर्णालीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५९५

१८ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पशुपन्क्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ।

त्यस्तै रुकुमपश्चिमको चौजहारीमा गरिएको परीक्षणमा रुकुमका १ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ५९५ पुगेको छ।

त्यस्तै शनिबार नै कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १८ जना डिस्चार्ज भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, सुर्खेतको चौकुने गाउँपालिकाको र पञ्चपुरी नगरपालिकाको आइसोसेलनबाट ५-५ जना, जाजरकोटको छेडागाड नगरपालिकाको आइसोलेसनबाट ३ जना र जिल्ला अस्पताल ४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ६५ पुगेको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।