थप १०८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,५३१

काठमाडौं, नेपालमा आज (बिहीबार) थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।

आज थपिएका १०८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७८९१ पुगेको छ । कूल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।