आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा भव्य स्वागत

ज्ञवालीद्वारा प्रहरी चाैकीको अवलोकन

भालुवाङ , प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँमा भव्य स्वागत गरिएको छ । आइजिपीमा बढुवा भएपछि पहिलाे पटक गृह जिल्ला दाङ आएका आइजिपी ज्ञवालीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्स, सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रहरी चाैकी सिसहनियाँ , समाजसेवी, बुद्धिजीवी, व्यापारी र पत्रकारहरूले स्वागत गरेका हुन् ।

प्रहरी चाैकी सुर्खेतकाे उत्घाटन गरी काठमाडाैं फर्किने क्रममा सिसहनियाँमा आइजिपी ज्ञवालीले अनाैपचारिक तथा पारिवारिक भेटघाट गरेका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीले २४ असार पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउदैछन् ।