अजय र जिज्ञाशाले जिते लकडाउन डान्सिङ्ग प्रतियोगिता

दाङ,  नृत्य बिद्याको राष्ट्रिय महासंग्राम डान्स आइकन नेपालद्धारा संचालित लकडाउन डान्सिङ्ग भिडियो प्रतियोगिताको उपाधि संयुक्त पपिङ्ग अजय र जिज्ञाशा गिरीले जितेका छन् ।

कोभिड १९ का कारण जारी लकडाउन लाई मध्यनजर गर्दै नृत्यक्षेत्रका प्रतिभाहरुको प्रतिभा उजागर गर्न आयोजित अनलाईन डान्सिङ्ग कम्पिटिसनको टाईटल जजको तर्फबाट पपिङ्ग अजय र जनताको भोटको तर्फबाट जिज्ञाशा गिरीलेले संयुक्त रुपमा टाईटल जितेका हुन् ।
नेपाल र भारतबाट समेत प्रतिस्पर्धामा सयौंको संख्यामा प्रतियोगीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

बिजेता घोषणा संगै अजय र जिज्ञाशाले जनही नगद ५ हजार रुपैयाँ, म्युजिक भिडियोमा अभिनय गर्नै अबसर, सर्टमुभि (लघुचलचित्र)मा अभिनयको अबसर, नृत्य बिद्याको राष्ट्रिय महासंग्राम डान्स आइकनको टिभी स्टुडियो राउण्डमा सिधा प्रबेश गर्ने अवसर, प्रमाणपत्र र भित्तेघडी उपहार प्राप्त गरेका छन् ।

चैत्र ११ गते देखि सुरु भएको लकडाउन डान्सिङ्ग भिडियो प्रतियोगिताको नतिजा असार १ गते घोषणा गरिएको थियो । छमछमी सिजन ४ की बिजेता सन्ध्या आचार्य, डान्स लखनउ डान्सका फाइनलिष्ट रितेश गौतम, नृत्य शक्ति डान्स एकेडेमीका मास्टर एवं भारतीय डान्स रियालिटी शो (झलक दिखलाजा) का सहायक डाइरेक्टर लाउरे सिंङको संयुक्त जुरीले हाल भारत चण्डीगढकी जिज्ञाशा गिरी र नेपालका अजय लाई संयुक्तरुपमा बिजेता घोषणा गरेका थिए ।

यस्तै लकडाउन डान्सिङ्ग भिडियो प्रतियोगितामा फस्ट रनर अप, प्रनिशा सुनुवार , सेकेन्ड रनरअप आनी मगर र सीता आचार्य, थर्डरनर अप श्रिया शर्मा, फोर्थ आशिस परीयार, फिफ्थ मनोज श्रेष्ठ, सिक्स्थ सुनिल किसन, सेभेन्थ सुभाष जंग कुँवर, एट्थ शाहिन पुन मगर, नाइन्थ ईशा गुरुङ्ग र टेन्थ पुर्णीमा महतराले नृत्य प्रतियोगितामा हैसियत प्राप्त गरेका थिए ।

प्रतियोगितामा फस्ट रअनर अप देखि टेन्थ पोजिसका बिजेताहरुले म्युजिक भिडियो १, सर्ट मुभी १ र, डान्स आइकन नेपालको टि.भी. राउण्डमा डाईरेक्ट प्रबेश र प्रमाणपत्र र भित्तेघडी प्राप्त गरेका छन् ।