राप्ती नदीमा डुबेर एकको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार १६:०५
प्रकासित समय : १६:०५
भालुवाङ, दाङमा एक व्यक्ति राप्ती नदीमा डुबेर मृत्यु भएकाे छ ।
बिहीबार साढे १ बजेतिर दाङको राजपुर गाउँपालिका वडा नं. २ चख्पा स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३२ बर्षीय दिनगुरु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
नदीमा नुहाउन ३/४ जना ब्यक्तिहरु गएका थिए । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।