पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि दुर्रव्यवहार, कडा कार्वाहीको माग

दाङ,  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनमाथि दुव्र्यवहार हुनुका साथै हातपात भएको छ। बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १४ शहिद लखनपार्क नजिक स्थानीयले टिपर रोकेको बारेमा बुझ्न पुगेका प्रियासनमाथि दुव्र्यवहार भएको हो ।

विरोधलाई प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही—१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन । उक्त दुव्र्यवहार प्रति महासंघ दाङका सचिव भुपेन्द्र वलीले भर्सना गर्दै दोषीलाई कडा कार्वाहीको माग गरेका छन् ।

सचिव वलीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ‘प्रियासनमाथि भएको दुव्र्यवहारप्रति घोर भर्सना प्रकट गर्दर्छौ ।’ अगाडी भनिएको छ’ स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुग्नुभएको थियो । अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही—१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन ।’

त्यसैगरी अगाडी विज्ञप्तिमा भनिएको छ ‘यसरी दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किनुभएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका— १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबीच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि उहाँ फेरी सो स्थानमा पुग्नुभएको थियो ।

सो क्रममा स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा पुनः निज साजन भण्डारी लगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबी खोसेर हातपात समेत गरेका छन् ।’ विज्ञप्तीमा सचिव वलीले यति हुँदासम्म पनि अध्यक्षले संयमता अपनाउनुभएको भन्दै सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्येश्यले साजन भण्डारी लगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेको बताउनुभएको छ ।

उहाँले दुव्र्यवहारप्रति गम्भिर आपति प्रकट गर्दै दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन सँग माग समेत गरेका छन् । सचिव वलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।