तुलसीपुरको एक मेडिकलमा आगलागी
प्रकासित मिति : २०७७ जेष्ठ २९, बिहीबार १८:०३
प्रकासित समय : १८:०३
दाङ, दाङकाे तुलसीपुर स्थित एक मेडिकलमा आगलागी भएको छ । तुलसीपुर ग लाईन स्थित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेटदेखि पश्चिम तर्फ रहेको पाल्पाली मेडिकल हलको जेनेरेटरमा आगलागी भएको प्रहरीले बताएको छ ।
विहिवार बेलुकी पाँच बजेतिर आगलागी भएको हो । मेडिकलको जेनेरेटरमा एक्कासी आगलागी भएको र प्रारम्भिक सुचना अनुसार अन्य ठाउँमा क्षति नभएको प्रहरीले बताएको छ ।
आगलागीको कारण भने खुल्न बाँकी छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।