टिकटक बनाउन जाँदा तलाउमा डुबेर एक युवाको मृत्यु

बाँके, नेपालगन्ज एकजना युवाको तलाउमा डुबेर मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको  सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक बनाउने क्रममा डुबेर मृत्यु भएको हो । 

स्थानियहरुको भनाइ अनुसार ३ जना युवाहरु नारायण तलाउ नजिकै टिकटक बनाइसकेपछि तलाउमा पौडी खेल्दै गर्दा ३ जना युवा मध्य भोला उर्फ बिष्णु गोडियको तलाउमा डुबे र मृत्यु भएकोहो ।

उपमहानगरपालिका वार्ड न १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडिय लगायत ३ जना टिकटक बनाउन गएका थिए ।

३ जना युवाक मध्य एकजना युवा तलाउमा पौडी खेल्न हामफल्दा एकजना युवा डुब्न् थालेपछी बिष्णु गोडिय साथिलाइ बचाउनको लागि तलाउमा डुबेको बताइएको छ  । बिष्णु डुबि सकेपछि संगै भएका साथिहरुले हल्ला गरेपछि स्थानीयले जानकारी पाएका थिए । 

त्यसपछी प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा साझ ८ बजे युवालाई निकालेर  पोस्टमार्टमको लागि नेपालगन्ज भेरी हस्पिटल पठाइएको वडा अध्यक्ष बिन्दुस्वारी बर्माले जानकारी दिए ।