गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४४
प्रकासित मिति : २०७७ जेष्ठ २७, मंगलवार ०६:३७
प्रकासित समय : ०६:३७
पोखरा, गण्डकी प्रदेशमा मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित नवलपरासी, म्याग्दी र बाग्लुङ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाको बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष रहेका छन् ।
यस्तै, म्याग्दीको बेनी नगरपालिकामा ४६ वर्षिय एक पुरुषमा संक्रमण देखिएको छ भने बाग्लुङको निसीखोला गाउँपालिकामा २१, २६ र २७ का ३ जना पुरुष र बरेङ गाउँपालिकामा २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।