सहिद नागेश्वरका परिबारलाई नेकपाका नेताहरुद्धारा राहत उपलब्ध
नेपालगन्ज , बाँके नेकपाका नेताहरुले सहिद परिबारलाई राहत उपलब्ध गराएका छन । बाँके जानकी गाउँपालिका वडा नं ३ का बन्जारेगाउँका शहिद परिबार नगेश्वर राइका परिबारलाई नेकपाका नेता डम्बरबहादुर बिक तफुानको टिमले राहत उपलब्ध गराएको हो ।
सहिद नागेश्वर राईको परिबारलाई खाद्यन्न लगायतको सामाग्री उपलब्ध गराएको नेकपाका नेता डम्बर बिक तुपाmनले जानकारी दिए । तुफानका अनुसार नागेश्वर १० बर्षे जनयुद्धमा सहिद भएका थिए ।
लामो समय लकडाउनका कारण सहिद नागेश्वर राइको परिबारलाई खाद्यन्नको अभाव भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी ५ न। देश कमिटी सदस्य डम्बरबहादुर बि क तुफान बाँके नेकपा जिल्ला कमिटी सदस्य लक्षराम बर्मा, नेकपा जानकि गाउपालिका कमिटी सचीव राष्ट्रिय युवा संघ नेपाल बाँकेका युवा नेता जीत शेष, २ का वडा अध्यक्ष चन्द्र्भाल गुप्ता , नेकपा जानकि वार्ड ३ का पार्टी सयोजक हुसेनी यदव लगायतको टिम गएर सहयोग गरेका थिए ।
राहत माग्न जाँदा हप्काउँछन वडा अध्यक्ष
बाँके जानकी गाउँपालिकाका एक वडा अध्यक्षले राहत माग्न जाँदा वडा अध्यक्षले हप्काउने गरेकाे नागेश्वरीकाे परिबारले जनाएकाे छ । वडा अध्यक्ष बिन्दु स्वारी बर्माले तिमीहरू त माओबादी हाे उतै माओबादीसंग राहत माग भनेर हप्काउछन नागेश्वरीकी श्रीमतीले गुनाशाे गरिन ।कोरोना महामारीको बेला उनिहरु राहतको कुरा गर्न बेलाबेला वडा कार्यलय पुग्छन तर वडा अध्यक्ष बर्माले हप्काउने गर्छन उनले भनिन् ।
वडा अध्यक्ष बर्मा नेपाली काँग्रेशबाट निर्वाचित भएका हुन ।