देउखुरीका करिव ३ सय यातायात मजदुरलाई राहत वितरण

भालुवाङ, त्रिसिद्वेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालि तुलसीपुर दाङले देउखुरी क्षेत्रमा बसोबास गर्ने करिव तीन सय यातायात मजदुर, चालक, सहचालक र कर्मचारीहरूलाई खाद्यान्न राहत वितरण गरेको छ । दाङको भालुवाङ पुल्चोकबाट शुक्रबार विहानबाट राहत वितरण कार्य गरिएको हो ।

प्रति परिवार २५ केजी चामल, २ केजी नुन,१ लिटर खाने तेल, १ केजी दाल भालुवाङ, लमही र अमेलिया क्षेत्रका विभिन्न रूटमा सञ्चालन गर्ने १ सय घर परिवार मजदुरहरूलाई सो राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा प्रालिका सचिव नारायण न्याैपाने, कल्याणकारी कोषका उपसचिव ऋषिराज राउत क्षेत्री, सञ्चालक समितिका संयोजक राजु अधिकारी, रूट संयोजक माधव पोख्रेल, सदस्यहरू प्रकाश बस्नेत, मुकुन्द राज शर्मा, गोपाल गिरी, रूट इन्चार्ज विन्तीराम चाैधरी लगायतको सहभागीता रहेको थियोे ।