देउखुरीकाे माैरीघाटमा टिप्परको ठक्करबाट महिला घाइते
प्रकासित मिति : २०७७ जेष्ठ २३, शुक्रबार १९:५४
प्रकासित समय : १९:५४
भालुवाङ, टिप्परको ठक्करबाट दाङको देउखुरीमा एक महिला घाइते भएकी छिन् । पूर्व- पश्चिम राजमार्गकाे लमही-भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ माैरीघाटमा शुक्रबार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ८ ख ३७०२ नम्बरको टिप्परले पैदल हिडिरहेकी राप्ती गाउँपालिका ४ माैरीघाट निवासी ४० वर्षिय महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
टिप्परको ठक्करबाट महिलाको छाती र खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते महिलाको लमहीमा उपचार भइरहेको छ । भने ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले अाफ्नो नियन्त्रणमा लिएको छ ।