अब भालुवाङ र सिसहनियाँका पसल हप्ताको ३ दिन खुल्ने

भालुवाङ, दाङमा आंशिकरुपमा अन्य पसलहरु पनि खुल्ने भएपछि देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघले पनि अाफ्ना कार्यक्षेत्र भित्रका बजार शुक्रबार देखि हप्तामा ३ दिन खुलाउने भएको छ ।

विगत लामो समय देखिको बन्दाबन्दीका कारण व्यापार व्यवसायी धरापमा परेको भन्दै बिहीबार संघको बैठक बसेर  आईतवार, मंगलवार र शुक्रवार विहान ६ बजे देखी ९ बजे सम्म होटल, सैलुन र व्युटी पार्लर बाहेक सवै पसलहरू खोल्ने निर्णय गरेको छ ।

पसल सन्चालन गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क, पन्जा र स्यानीटाईजरको प्रयोग गर्नुपर्ने लगाएतका स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पाेख्रेलले जानकारी दिए ।