म्यानमारमा रहेका नेपाली आइपुगे काठमाडौँ
प्रकासित मिति : २०७७ जेष्ठ २३, शुक्रबार १२:०५
प्रकासित समय : १२:०५
काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् ।
म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बाह्रखरीलाई जानकारी दिए । नेपालमा रहेका म्यानमारका नागरिकलाई सोही जहाजले लैजाने बताइएको छ ।
यस्तै आजै दिउँसो ३ देखि ४ बजेभित्र युनाइटेड अरब इमिरेट्स (यूएईको) सारजाहबाट पनि नेपाली आउँदै छन् । सारजहबाट नेपाली लिएर एयर अरेबियाको विमान काठमाडौं ३ देखि ४ बजेको समयमा अवतरण गर्ने प्रवक्ता कर्णले जानकारी दिए ।
काठमाडौं आएका नेपालीलाई आ-आफ्नो प्रदेशमा लैजान नेपाली सेनाले समन्वयको काम गरिरहेको छ । उनीहरूलाई लिन विमानस्थलमा सेनाको बस लगिएको थियो ।