नेपालगन्ज बन्जारेगाउँमा २७ बर्षिय युवा मृत अबस्थामा फेला

नेपालगन्ज, बाँके जानकि गाउपालिका वार्ड न ३ बन्जारेगाउमा एक युवा मृत अबस्थामा फेला परेका छन । बुधबार बिहान २७ बर्षिय जगत पौडेल ओमकार बर्माको घरकाे काेठामा मृत अबस्थामा फेला परेका हुन ।  घरको छतकाे देवालमा झुन्डिएको अवस्थामा फेला परेकाे बर्मा परिबारले जनाएको छ  । 

उनि झुण्डिएको अबस्थामा देखेपछि जनप्रतिनिधिको रहोवरमा प्रहरीलाई खबर गरिएको जानकी गाउँपालिका वडा नं ३ का वार्ड सदस्य उमेश बर्माले बताए  । पौडेल ओमकार बर्माको  भतिजो राजिव बर्मालाई भेटन गएको बताइएको छ ।

बर्माका अनुसार स्थायी ठेगाना पर्वत भएका युवा  काठमाडौं जाने तयारीमा थिए । जानुपुर्व ओमकार बर्माको घरमा साथिहरू भेटन पुगेको बताइएको छ ।

लामो समयदेखि नेपालगन्ज बसिरहेका पौडेल साथीको घरमा गएका बेला मृत अबस्थामा फेला परेका हुन । एनसेल नेटवर्किङमा काम गर्दै आएका पौडेल बर्माको घरमा काठमाडौं जानुपुर्व पुगेका थिए । अहिले उनलाई प्रहरीको रहोवरमा  नेपालगंज शिक्षण अस्पतालमा राखिएको बताइएको  छ । मृतक पौडेलको परिबार नपुग्नजेल अस्पतालमा  राखिने बताइएको छ ।