कृष्णनगर नगरपालिकामा किसानलाई बिउ बितरण

कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माविमा उक्त विउ वितरण भइ रहेको छ ।

किसानको विउ छर्ने बेला रहेकाले उक्त धान वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्यले जानकारी दिए । मौर्यका अनुसार १८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने ,गक ३०५ जुन १२५(१३५ दिनमा तयार हुने र महिको कम्पनी को उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।

कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्रराम चौधरीले जानकारी दिए । किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताए ।