दाङको एक वडाध्यक्षमा कोरोना देखिएपछि वडा नै सील
प्रकासित मिति : २०७७ जेष्ठ २१, बुधबार १३:१२
प्रकासित समय : १३:१२
दाङ, दाङकाे बंगलाचुलीका एक वडा अध्यक्षमा मंगलबार कोरोना पुष्टि भएपछि एउटा वडालाई शिल गरिएको छ उक्त वडा अध्यक्ष सहित पाँच जनामा काेराेना संक्रमण पुष्टि भएपछि सो वडालाई सील गरिएकाे छ । वडामा संक्रमणकाे उच्च जाेखीम भएकाले बंगलाचुली गाउँपालिकाले सुचना निकालेर वडा सील गर्ने बताएकाे छ ।
मंगलवार राति १२ बजे देखी लागू हुने गरि अर्काे सुचना जारी नभए सम्मका लागि वडा सील गरिएकाे पालिकाले जानकारी दिएकाे छ । बंगलाचुली गाउँपालिकाकाे उक्त वडा अध्यक्षसहित ५ जनालाई संक्रमण भएकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेकाे छ ।