हालसम्मा नेपालका २६६ जनाले जिते कोरोना
प्रकासित मिति : २०७७ जेष्ठ २०, मंगलवार १७:४५
प्रकासित समय : १७:४५
काठमाडौं, मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमध्ये २१२ पुरुष र ५४ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।