नेपालगन्जमा अलपत्र डोल्पाकी दुई बृद्धालाई जापान बस्ने मिञ्जु र मञ्जुको सहयोग

नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई बृद्धालाई जापान बस्ने मिञ्जु लामा र मञ्जु गुरुङले सहयोग गरेकी छन् । उनिहरुले नगद रु ५ हजार सहित चामल नुन, तेल, दाल राहत स्वरूप उपलब्ध गरेकी हुन । उनिहरुले जापानबाट उपचारका लागि भन्दै नगद ५ हजार र खाद्यन्न लगायतका समाग्री उपलब्ध गराएकी हुन ।

ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई रोजगारीको शिलशिलामा जापान पुगेकी द्धय मिञ्जु लामा र मन्जु गुरुङले संयुक्त रूपमा सहयोग गरेकाे अर्जुन गुरूङले जानकारी दिए  ।

साेमबार उनिहरूकाे सहयाेग पुर्याउन अर्जुन गुरुङ एयरपाेर्ट सम्झनाचाेक पुगेका थिए  । स्थायी घर मुगु हाल जापान बस्दै आएकी द्धय मिञ्जु लामा र मन्जु गुरुङले सञ्चार माध्याममा समाचार आएपछि संयुक्त रूपमा सहयोग गरेकाे उनले बताए  ।

केहिदिन अघि खर्चपानी सकिएको भनेर उनिहरुको बिभिन्न सञ्चार माध्याममा समाचार आएपछि बिभिन्न ठाउँबाट सहयाेग जुटने क्रम चलिरहेकाे छ ।