दुई प्रहरीसहित कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना

संक्रमितको संख्या ९४

सुर्खेत.  पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणले तिब्र रुप लिएको छ ।  कर्णालीमा थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जुम्लाका दुई जना प्रहरीसहित ४३ जनामा पनि संक्रमण देखिएको हाे  ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षे प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसार नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना रहेका छन् । जुम्लामा हिमा गाउँपालिका वडा नं १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४ ५, र ६ का ९ जना पुरुष रहेका छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं २, ४, ५ र ९ का १७ पुरुष रहेका छन् । दुल्लु नगरपालिका वडा नं ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् ।

ति मध्ये २ वर्षिया बालक र २ जना महिला रहेका छन् । योसँगै कर्णालीमा संक्रमित संख्या ९४ पुगेको छ ।