वडाध्यक्षले गरे क्वारेण्टाइनमा पिपिइ सहित स्वास्थ्य सामाग्री वितरण
भालुवाङ, कोभिड १९ को महामारीले देश तथा बिदेशबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, ब्यवस्थापक र क्वारेण्टाइनमा रहेका नागरिकहरुलाई गढवा गाउँपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले आइतवार पिपिइ सेट सहितका स्वास्थ्य सामाग्री बितरण गरेका छन् ।
वडाध्यक्ष भण्डारी र प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीको समन्वय तथा पहलमा स्वास्थ्य मन्त्रालय तथा सिपि नेपालले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरु आइतबार गढवाका चारवटा क्वारेण्टाइनमा वितरण गरिएको हो । साे वितरणमा वडाध्यक्ष भण्डारी, गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी सहित नागरिक समाजका प्रतिनिधिहरु, रेडक्रसकर्मी, उद्योग बाणिज्य संघ गढवाका अध्यक्ष तथा पत्रकारको समेत सहभागिता रहेको थियो ।
जस अनुसार गढवा १ को जनता माबि कालाकाटेको क्वारेण्टाइनमा रहेका २ जना स्वास्थ्यकर्मीलाई पिपिए सेट, दुई जना सुरक्षाकर्मी, ब्यवस्थापक र भान्सेहरु तथा क्वारेण्टाइनमा बसेका ७६ जनालाई पुग्ने गरी मास्क वितरण गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिए ।
त्यसैगरी सरस्वती माबि गोबरडिहाको क्वारेण्टाइनमा रहेका स्वास्थ्यकर्मी लाई पिपिइ सेट, ग्लोब्स, मास्क तथा सेनिटाइजर वितरण गरिएको छ भने क्वारेण्टाइनमा रहेका ४५ जनालाई मास्क वितरण गरिएको छ । त्यस्तै मावि चैनपुुरको बिद्यालयमा रहेका ३९ जना नागरिकहरुलाई मास्क तथा क्वारेण्टाइन ब्यवस्थापनमा खटिएका सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ भने गढवामा रहेको क्वारेण्टाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भान्से तथा ब्यवस्थापकका लागि पनि स्वास्थ्य सामाग्री वितरण गरेको विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
यसअघि भण्डारीले सांसद चौधरीसंग समन्वय गरेर स्वास्थ्य मन्त्रालयबाट पहल गरी पहिलो लटमा स्वास्थ्यकर्मीहरु र एम्बुलेन्स चालकहरुलाई पिपिइ सेट तथा पत्रकारहरुलाई सर्जिकल मास्क प्रदान गरेका थिए । वडाध्यक्षको पहलमा ८ सय थान सर्जिकल मास्क,४ सय थान ग्लोब्स, ६ थान पिपिइ सेट तथा सेनेटाइजर बितरण गरिएको हो । यसैगरी क्रेयटिभ पोसिबिलिटिज नेपालले पनि ६० हजार बराबरका स्वास्थ्य सामाग्री वडा नं. ५ को कार्यालयलाई उपलब्ध गराएको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।