अन्धविश्वासको पराकाष्टा : कोरोनाको पहिलो सिकार

धेरै समय पछिको गहिरो अध्ययन अनुसन्धान पश्चात तितो सत्य वाहीर निश्किएको छ । सिन्धुपाल्चोक जिल्ला कि २९ बर्षिय सुत्केरी महीलाले नेपालमा पहिलो पटक नोभेल कोरोनाको महामारीमा ज्यान गुमाएकी हुन । केही दिन अघि काठ्माण्डौंको महाराजगंज स्थित शिक्षण अस्पतालबाट सुत्केरी भएर घर फर्किएकी थिईन ।

घरमा उनलाई अफ्ठेरो भएपछि काभ्रेको धुलीखेल अस्पतालमा भर्ना भएको केही समय भित्रै उनीले देह त्याग गरेकी हुन । सावित्री चालीसे सुत्केरी भई शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा पहिले काठ्माण्डौंको टोखामा बस्ने एकजना ज्योतिषकोमा भाग्य हेर्न गएको र त्यहीबाट कोरोना संक्रमित भएको कुरा संसर्गको अध्ययन गर्दै जाँदा पत्ता लागेको हो ।

यस्तो अन्धविश्वासको कहाली लाग्दो घटनाबाट खाउँ खाउ र लाउँ लाउ भन्ने उम्मेरमा जिवन गुमाएकी एक महिलाको मृत्यको घटनाले यो पक्तिकारलाई केहि कुरा कोर्न मन लाग्यो । मानव जगतमा प्राय सबै मानव जातजाती र समुदायमा विभिन्न प्रकारका संस्कार र संस्कृतिहरु छन, ति सबै धार्मीक संस्कृति नै हुन ।

तपाई हामी सबै कुनै न कुनै धर्म संस्कृती र संस्कारमा जन्मेका छौं । यस्तो अवस्थामा धर्म ग्रन्थहरुको साईड ईफेक्टको डरलाग्दो यथार्तका विषयमा केहि कुरा गर्दा सबैलाई नमजा लाग्न सक्छ । औषधि कहिल्यै गुलीयो वा स्वादीलो हुँदैन । तर त्यसले हाम्रो जीवनमा भएका विभिन्न समस्याहरु निश्चित रुपमा ठिक गरिदिन्छ ।

एकातिर धर्म ग्रन्थहरुमा चराचर प्राणि जगतको हितको कुरा उल्लेख गरिएको छ, भने अर्को तिर भित्र भित्र चोरबाटोबाट अपराध उत्पादनको फ्याक्ट्री तयार गरिएको छ । धर्म ग्रन्थहरुको साईड ईफेक्ट बास्तबमै भयानक देखिन्छ । एकातिर हितकारी निति लिएको देखिन्छ भने अर्कोतिर भित्र भित्र यसले विषकारी नीति लिएको कुरा प्रकाश पार्न चहान्छु ।

यसैको एउटा उदाहरण नै दोश्रो विश्वयुध्द हो । रघुपति, राधव, राधे, श्याम ! अल्ला, प्रमेश्वर तेरे नाम सबको सन्मती दे भगवान ! भन्ने कुरा पनि पछिल्लो चरणमा धार्मीक सहीष्णुताको विषयबस्तु दोश्रो विश्वयुध्द पश्चात आंशिक प्रचलनमा आयको छ । यो हामीलाई समाजिक रुपान्तरण र सामाजिक समस्याको समाधान हो, युगले कोल्टो फेरेको हो भन्ने लाग्न सक्छ । तर त्यसो नभएर यो त अझै खतरानाक अपराधका विषाक्त जिनीसहरुको उत्पादन गर्ने संयुक्त उद्योग बनेको छ । मतलब यो टुक्रे उत्पादन प्रणालीबाट ठुलो उद्यौगिक प्लाण्टहरुमा परिणत भएको छ ।

त्यही ठुलो फर्मको बजारीकरण नेपालमा तिब्र गतिमा भएको पाईन्छ । भाग्यादी सोचका कारण ब्यक्तिहरु आफ्नो नयाँ सन्तान जन्मन वित्तीकै पुरेत, पास्टर वा मुल्लाह आदिईत्यादी कहाँ पुग्दछन् । नामाङ्करण गर्न ठुलो धनरासी खर्चिन्छन्, भावीले राम्रो भाग्य लेखिदेवस भनेर न्वारन गरि ठुलै धनरासी धार्मीक पादरी, पास्टर वा मुल्लाह जिहरुको मन भर्ने गरि दिने चलन रहेको छ।

त्यसपछि उनीहरु कहाँ गएर जिवनकाल भरी भएका आफ्नो भविश्यको निश्चत गर्ने चिना चिटा बनाउन पनि त्यतिकै पेट फुल्ने र मन भरिने गरि धनराशी खर्चिन्छन् । त्यसपछि नयाँ सन्तान ठुलो हुँदै जान्छ उसको जिवनमा अलि उपलब्धी भयो भने पनि पादरी, मुल्ला, पास्टर आदीको गोजी गरम भै हाल्छ, दुःख पर्दा पनि उनीहरुको गोजी गरम भईहाल्छ ।

त्यतिमात्र नभएर बेला मौकामा उनीहरु सँग आफ्नो भाग्यको फेरिस्त हिंसाव किताब लिनका लागि ति ब्यक्तिसँग गई नै रहन्छ, मनग्य भेट चढाएर आफ्ना हस्तरेखा भाग्यरेखा आदि बुझेर आउँछ । कहिल्यै असाध्यै खुसी भएर आउँछ त कहिल्यै असाध्यै दुःखी भएर आउँछ जसरी आए पनि उसको दिमागको गर्भमा त्यो ब्यक्तिले नयाँ जिनीसको विउ रोपि सकेको हुन्छ कि फेरी उसले आफ्नो समस्या समाधान गर्नका लागि ठुलै धनरासी खर्चीनु पर्ने भई सकेको हुन्छ ।

उसले ऋण दान गरेर पनि खड्को पड्कोको नाममा जति पुजारीलाई चढाउनु पर्ने हो त्यो चढाउनै पर्ने हुन्छ । फेरी पनि उसले कहिल्यै पनि भाग्यको फेरिस्त डाटा पाउँदैन । किनकी त्यो उसको खुसी न त उसको हातको रेखाहरुमा हुन्छ नत निधारको छालामा कुदिएको हुन्छ । खाली कल्पनाको जिनिस बेच्ने ब्यापारीहरुको छलकपटको ग्रन्थ भित्र सिमित त्यो कहिल्यै पनि कसैलाई थाहा हुदैन । तर यसले मान्छेको मनोविज्ञानको धन्दा गरिरहेको हुन्छ । यीनीहरु स्वर्ग, मत्र्य र नरक आदि काल्पनीक लोग बनाएर तिनै सँग कथा गाँसगाँसी मान्छेहरुलाई आफ्नो रुडीवादको धन्दा पक्का गरिरहेका हुन्छन ।

ति धार्मीक उद्योगपतिहरु अज्ञानता, अन्धविश्वास, रुडीवादी छलकपट आदी विषयबस्तुहरुको कोर्ष गर्ने गर्दछन् । मायाजाल, ईन्द्रजाल र भाग्वादका विधाहरुमा ज्योतिष शास्त्र, धर्मशास्त्र, बाईबल, कुरान, गीता, उपनिषद आदिहरुमा विधावारिधि गरेर समाजमा छलकपटका दबदवा चलाउने काल्पनिक छली विद्वानहरुको छलि शिक्षाको प्रभावमा परेको यो समाजको अकालको मृत्यु र अकल्पनिय घाटारुपी धोकाहरु ब्यहोर्न परिरहेको हुन्छ ।

नेपालमा धर्म निरिपेक्षताको सरकार आयपछि त झन खुलेआम विभिन्न धर्मका काल्पनी जिनीस बेच्ने ब्यापारीहरुको घुईचो लागेको छ । अन्धो, वहिरो र लाटोले सुन्ने गरि एका विहानै उचाई तयार गरिएका धरराबाट अल्ला हुँ अकबर सुनिन्छ । पुजारीहरुको मन्दीर भित्रको डोको जत्रो घण्टाको आवाज त्यो भन्दा अझ भयानक हुन्छ । चर्चका पादरीहरु चोक चोकमा प्रमेश्वरको सुसामाचार भन्दै पर्चा बाँडीरहेका हुन्छन् ।

घर–घरमा गएर मान्छेको दिनचर्यालाई विगार्दै आफ्नो नक्कली जिनीस बेच्ने गर्दछन् । चर्चमा गएर दिनभर विभिन्न प्रकारले कुनै शब्द नै नभएका आवाजहरु ‘‘साखाराला बासा सा रावाला राला नाट काबाराला धापाखनाजा’’ निकालेर मान्छेहरुलाई प्रमेश्वरको भए देखाउँदै १० आम्सका नाममा वा अन्य कुनै वहाना बनाएर लुट्ने गरेका छन् ।

अर्कोतिर नेपालको पहीलो भौतिकवादी दार्शनिक गौतम बुद्धलाई भगवत्वकरण गरेर घण्टि बजाउँदै राता कपडा लगाएका झुमा, आनी र पादरीहरुको जमात ‘ॐमाने पेमे ओम ल्वामा–ट्वामा ख्वामा’ गर्दै ठुलाठुला बौद्ध स्थुप वरीपरि घुमेर मान्छेहरुलाई अन्धविश्वासको प्रचार गरिरहेका हुन्छन् ।

यति मात्र नभई एउटा धर्म सत्ताले अर्को धर्म सत्ता कब्जा गर्नका लागि मानिसहरुलाई मिस गाईड गरेर मान्छे नै दान लिएर दास बनाउने । आत्मघाती सैनिकहरु निर्माण गर्ने, आक्रमण गर्ने कार्यको उपज नै दोश्रो विश्वयुध्द हो । हाल पनि देवकी हुँदै झुमा, आनी मात्र नभएर आफ्नो माईलो सन्तान दान गर्ने डरलाग्दो मानवतावाद विरोधी क्रियाकलापहरु गरिरहेकै छन् ।

भारत बर्षमा धर्मसत्ताको अनौठो एउटा उदाहरण छ । सन १८२५ मा गठित राष्ट्रिय स्वयम् सेवक दल (आर.एस.एस.डी.) ले शक्तिशाली अशोक सम्राटको राज्य ध्वस्त पार्नका लागि ठुलो एउटा प्रोजेक्सन गरेको छ । भारत वर्ष भित्र १८ हजार मन्दीर खोलको छ । उक्त मन्दिरहरुबाट पादरीहरु मार्फत कन्यादान महादान भन्ने अभियान चलाईएको छ । उमेर पुगेकी छोरी दान गर्दा उसको जन्म, जन्मान्तरको पाप मोचन हुने कुरा गर्दै मान्छेहरुलाई आफ्नो उमेर पुगेको छोरी देवकीको रुपमा मन्दीरमा चढाउने अभियान चलाईएको छ ।

उक्त देवकीहरुबाट पण्डालहरुले मस्ती गर्ने र सन्तान जन्माउने र ती सन्तानहरुलाई बाबा को कस्को बच्चा भन्ने कुनै लेखाजोखा नहुने जस्ले पनि मस्ती गर्ने र सन्तान जन्माउने र आमा पनि नचिनाउने र रितिरिवाज र संस्कारका विषयमा जानकारी नदिने खाली लड्न मात्र सिकाउने गरि ठुलो आत्माघाती शैनिक तथा विद्वान पाण्डाहरु उत्पादन गरेर तिनी आत्माघाती सैनिक परिचालन गरि अशोक सम्राटको राज्य समाप्त गरेको ईतिहाँस छ भने यता देवकी प्रथा अझै झन, आनी र झुमा गर्दै विकास भएको देखिन्छ । यो पितृसतात्मक मनुवादी धर्मसत्ताले महिला माथि गरेको बरबर शोषणको पराकाष्टा देखिन्छ ।

यदि यस्तो अन्धविश्वासमा नपरेको भए नेपालको पहिलो कोरोनाको शिकार ……………पुजारीसँग हेराउन जादैन थिन । राज्यले निर्देशित गरेको उच्च सतर्कताका सुचकहरुलाई आवलम्बन गर्थिन । मानिसहरुसँग संसर्गको दुरी मेन्टेन गर्थिन । उनको आफ्नो प्यारो २ दिनको बच्चा श्रीमान, घरपरिवार र आफन्तजनहरुको मायाममताको मिठासबाट अलग्गीएर मर्नुपर्ने स्थिति आउने थिएन । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो ।

त्यसै गरि बाईबलको उल्कामा लागेर आफ्नो घरपरिवार र आफन्तजनबाट टाढा भई रातदिन यशुको गित गाउँदै राज्यले यो महामविपत्तीको अवस्थामा राज्यले निर्देशित गरेको वैज्ञानिक उच्च सतर्कताका विधिहरु नमान्नाले जुम्लाका ………पास्टरले जेल कुर्नु पर्ने थिएन । यदि ईस्लाम भाईहरुले अन्धविश्वास नमानेर भारतको विभिन्न मुसाफिर खानामा नामाज गर्न नगएको भए आज नेपालको ५ प्रदेश कोरोनाको ई.पि. सेन्टर हुने थिएन ।

अत ः पितृसतात्मक धर्मसत्तालाई नेपालका घटेका यस्ता घटनाहरुले पूर्ण रुपमा असफल बनाईसकेका छन् । अब धर्मसत्ताका माध्यमबाट काल्पनीक जिनीस बेच्ने छलीकपटी र धर्मवादी, जातीबादीहरुले वैज्ञानिक द्वन्दात्मक भौतिकबादको माध्यमबाट आफुलाई निजि स्वार्थ पुरा गर्ने छलकपटको अपराधिक तथा निम्नपुँजीवादी चिन्तनको दृष्टिकोणबाट वाहीर निकालेर प्रगतिशिल सामाजिक सार्वभौम न्यायको सिद्वान्तमा समाहित हुनका लागि अव्हान गर्दछु ।