मानो रोपेर मुरी उव्जाउने सिजनमा किसानका तस्विर कथा

जाजरकाेट,  जाजरकोटको रमाइलो बस्ती ढिमे यतिबेला सिजनेली काममा ब्यस्त छ ।  देश कोरोना महामारीसंग जुधिरहेको बेला कुशे ५ ढिमेका किसानहरुलाई रोपाईको चटारो लागेको छ । उनिहरूलाइ  माना रोपेर मुरी उव्जाउने समय आएको छ ।

सकारले किसानलाई खेतिपातिको काम गर्न छुट दिएसंगै जाजरकोट ढिमेका किसान रोपाई सुरु गरेका हुन । जेठको दोस्रो साताबाट प्राय यहाँका किसानको रोपाइ सुरु हनेगर्दछ । खेतीपातीको सिजन भएकाले उनीहरु कोरोना सङ्क्रमणबाट जोगिन सावधानी अपनाउँदै अन्नबाली लगाउनमा व्यस्त भएका हुन् ।

किसान असारको वर्षे धान लगाउने, मकै गोड्ने खेतबारीमा तरकारी लगाउनेलगायत काममा व्यस्त रहेका छन् । कृषिबाट जीविका चलाउने किसान लकडाउनको प्रवाह नगरी खेतबारीमा व्यस्त भएका हुन् । मानो खाएर मुरी फलाउने समय भएकाले लकडाउनको प्रवाह नै नगरी खेतबारीको काममा व्यस्त हुने गरेको किसानको भनाइ छ ।