हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै दाङकाे तुलसीपुरमा प्रर्दशन

दाङ, रुकुम पश्चिममा दलित युवाहरुको हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरमा प्रर्दशन गरिएको छ । घटनाको निश्पक्ष छानबिन र हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरमा विरोध प्रर्दशन गरिएको हो ।

तुलसीपुरको कालिका मन्दिरबाट सुरु भएको विरोध र्याली बजारका विभिन्न भागको परिक्रमा गर्दै वीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल राष्ट्रिय दलित समाज कल्यानसंघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, तुलसीपुर उपमहागनरपालिका  र्यपालिका सदस्य देवराज विश्कर्मा लगाएतले घटनालाई राजनीतिककरण नगर्न आग्रह गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका थिए ।

विरोध प्रर्दशनमा १४ वटा विभिन्न दलित संघसंस्थाहरुको सहभागिता रहेको थियो । यसैविच भोली विहान वीपी चोकमा एक घन्टा अनसन र जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापन पत्र बुझाउने लगाएतका विरोधका कार्यक्रमहरु रहेको दलित अगुवा छवि परियारले जानकारी दिए ।