समाचार प्रभाव : धारपानी सामुदायिक वन समूहको कागजपत्र नियन्त्रणमा
दाङ, दाङकाे तुलसीपुर उपमहानगरपालिका ७ स्थित धारपानी सामुदायिक वन समुहको सम्पूर्ण कागजपत्र डिभिजन वन कार्यालय दाङले आज आफ्नाे नियन्त्रणमा लिएकाे छ ।
डिभिजन वन अधिकृत दिपक ज्ञवालीले छानविनका लागि पठाएका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । वन समुहका अध्यक्षले मनाेमानी रूख कटान गरेकाे भन्दै उजुरी भन्ने शिर्षकमा कुसे न्युज डटकममा समाचार प्रकाशित भएपछि डिभिजन बन कार्यालय तुलसीपुरका सव डिभिजन कार्यालयका प्रमुख विनोद शाहको नेतृत्वमा गएको टोलीले बिहिवार कागजपत्र नियन्त्रणमा लिएको छ । टोलीले बन समुहका रसिद लगाएतका कारोवार गरेका अन्य कागजपत्र पनि नियन्त्रणमा लिएको सहायक बन अधिकृत शाहले बताएका छन् ।
वन समुहले दिगो वन व्यवस्थापन अन्र्तगत वन पत्ल्याउने नाममा जथाभावी सालका रुख काटेर मनोमानी रुख विक्रि वितरण गरी आर्थिक अनियमितता गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । उपभोक्ताहरुले वन समुह विरुद्ध डिभिजन वन कार्यालयमा गत मंगलवार उजुरी पनि दिएका छन् । अहिले छाविन सुरु भएको छ । यस्तै वन क्षेत्रमा रहेको सिमसार क्षेत्रमा पनि सालका रुख काटिएका छन् ।