‘रमजान’ र लकडाउन !

देश लकडाउनकाे ६१ दिनमा छ । लकडाउनले सबैकाे सामाजिक जिवनमा केहि साेच्न बाध्य बनाएकाे छ । भने  मुस्लिम समुदायको पबित्र महिना रमाजन सकिदैछ । यतिखेर मुश्लिम समुदाय रमजानकाे बिदाइकाे तयारी गरिरहेका छन ।

इस्लामी पात्रो १४४१ हिजरी संवत्अनुसार इस्लाम धर्मालम्बीहरूको नवौं महिनालाई  हिजरी संवत्अनुसार इस्लाम धर्मालम्बीहरूको नवौं महिनालाई ‘रमजान’ भनिन्छ। यो महिनाभर उनीहरू दिनभर केही पनि नखाइ निराहार रोजा (व्रत) बस्ने गर्छन्। इस्लाम धर्मावलम्बीहरूको आठौं महिना अर्थात् ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुपूर्व अर्थात बिहान चार बजेभन्दा अघिदेखि सूर्यास्त नहुन्जेलसम्म अर्थात साँझ सात बज्नुभन्दा अघिसम्म कुनै पनि खानेकुरा खाँदैनन्।

रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलतालगायतका आचरणमा विकास आउने जनविश्वास छ।

इस्लाम धर्मका पाँचवटा अधारस्तम्भ इमान, नमाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो हो । इस्लामिक तिथि दुई हिजरी, सवाण महिनाको १० तारिखदेखि मुस्लिम समुदायमाथि रोजा फर्ज (अनिवार्य) गरिएको छ ।

इस्लामिक क्यालेन्डरअनुसार अहिले १४ सय हिजरी चलिरहेको छ । रमजान १२औँ महिना हो । रोजा बस्दा शारीरिक सम्भोग, झुटो बोल्ने कार्यलगायतबाट टाढै रही सफा सुग्घर भई कम्तीमा दैनिक पाँचचोटि नमाज र विशेष प्रार्थना स्वरूप राति तरावी पढ्ने गरिन्छ । सूर्योदय अघि ‘सेहरी’ खाएर दिनभर उपवास अर्थात् रोजा बसेर सूर्यास्तपछि मात्र इफ्तारी अर्थात् खानपिन गरिन्छ ।

तर बिश्वमहारीका रूपमा फैलिएकाे काेराेना भाइरसले यतिबेला तहसनहस गरिदिएकाे छ ।  र पनि मुश्लिम समुदायले घर घरमै नमाज पढि अल्लहासंग काेराेनाबाट मुक्तिकाे लागि प्राथाना गरिरहेका छन । 

रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनु अघि हरेक दिन नियमित रूपमा मन्त्र पढ्ने चलन हुन्छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि अपनाइएको सावधानीले इस्लाम धर्मावलम्वीहरूको मुख्य पर्व रमजान सुनसान बन्यो । ‘कोरोनाले गर्दा मस्जितमा लकडाउन भएपिन । दैनिक प्रार्थना भने रोकिएन ।

३० दिन अनबरत बर्त बसी आफ्नो घरमै रोजा र नमाज पढि अल्लहासंग आफ्नो देश र जनताको लागि र यो कोरोना भाइरस सदाको लागि अन्त होस, संक्रमित सबैको स्वास्थ लाभको कामना गर्दै सबैको हितको लागि दुवा मगेका छन ।

नेपालकाे काेराेनाकाे हटस्पटका रूपमा बनेकाे नेपालगन्ज बिशेषत मुश्लिम समुदायका लागि कहर बन्याे । बाक्लाे बस्ति खुला सिमानाका कारण अप्ठयाराेमा पर्याे ।  यसैबिचमा नरैनापुरका २५ बर्षिय लक्का जवानले ज्यान गुमाए । त्यस्तै १ सय बढि संक्रमित बने । यसकाे मारमा अझ बढि मुश्लिम समुदाय पर्याे । 

त्यस्तै मुस्लिम समुदायको महान पर्व इदुल फित्रको पवन अबसरमा मुस्लिम समुदायले एकातिर आफ्नो पिडालाई पचाउँदै लडिरहेका  छन । यति कुरा गरीरहदा नेपालगन्जको पहिलो संक्रमितसंगै २१ जना सञ्चो पनि भैसकेका छन । उनिहरु सन्चो भए र आफ्नो घर फर्किसकेका छन । यसले नेपालगन्जबासीमा केहि हद खुशि थपेकाे छ ।

र पनि तनाबै तनाबका बिचमा नेपालगन्जका मुस्लिम समुदायले यतिखेर थाेरबहुत खुसी महसुस गरेका छन । याे खुशि अल्लाह भगवानले अझै फराकिलाे बनावस सबैमा शुभकामना ।