प्रदेशी छोराले पठाएको राहत वितरण गर्दै नेता डम्बर सिंह

जाजरकोट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डम्बरबहादुर सिंहले राहत वितरण गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका बारेकोटका विपन्न तथा  दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बारेकोटका विपन्न परिवारलाई नेता सिंहले राहत वितरण गरेका हुन् ।

अध्ययनको शिलशिलामा अष्ट्रेलिया बस्ने आफ्ना छोराले पठाएको राहत बारेकोटका २ सय २५ जना विपन्न परिवारलाई वितरण गरेको सिंहले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका सिहका दुई छोरा रमेश सिंह र गणेश सिंहले पठाएको रकमले राहत सहयोग गरेका हुन् ।

उनका दुई छोरा सहित विजय सापकोटा, प्रमेबहादुर सिंहको समेत आर्थीक सहयोगमा बारेकोट गाउँपालिकामा रहेका २ सय २५ विपन्न परिवारलाई एक बोरा चामल र २ पोका नुन वितरण गरिएको aबताइएकाे छ ।  समस्यामा परेका बारेकोटका सवै वडाका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरिएको नेता सिंहले जानकारी दिए  ।

नेता सिंहको समन्वयमा राहत सहयोग पाएपछि विपन्न परिवाले खुसी व्यक्त गरेका छन् । अष्ट्रेलिया बस्ने सिंहका दुवैजना छोरा सहित सहयोग गर्ने साप्कोटा र सिहलाई उनिहरुले धन्यवाद दिएका छन् । राहत वितरमा बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही र समाजसेवी बौद्धिक व्यक्तित्व गोरख सिंहको समेत उपस्थिति रहेको थियो ।