१२ लाखका चोरीका सामानसहित एकजना पक्राउ

मकवानपुर,  मकवानपुरमा चोरीको सामानसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ भनौरा बस्‍ने १९ वर्षीय दिपेश देउजा छन् ।

उनले बकैया गाउँपालिका–४ जुरेली बस्‍ने होमनाथ फुयाँलको पसलबाट १२ लाख १० हजार ३ सय ४० रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड, चुरोट, मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल चोरी गरेको खुलेको छ । प्रहरीले उनको साथबाट सामान समेत बरामद गरेको छ ।

वैशाख ६ गते पसलबाट सामान चोरी भएको थियो ।