संसदमा गगन थापाको कविता– म त सारै भाग्यमानी ! (भिडियोसहित)

छैन यहाँ देशको नक्सा मेटिएको
छैन लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमा कसले मिच्ने
कोही छैनन् जोरी खोज्ने कोही छैनन् हेप्ने
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् राहत
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै हैनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक श्रमिक गरिबको सारै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यो समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आशुकवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेची काली गाउँछ
आँशु आए बरु त्यही गीतले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त सारै भाग्यमानी
अहो सारै भाग्यमानी
म त सारै भाग्यमानी ।