संघीय संसदको वर्षे अधिवेशन शुरु (लाइभ)

काठमाडौं, संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको छ।

कोरोना जाँचको रिपोर्टको आधारमा मात्र सांसदलाई भित्र प्रवेश गराइएको छ। बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी बस्‍ने कुर्सी मिलाइएको छ। त्यसैगरी दुवै सदनको बैठक कक्षलाई सेनिटाइज्ड तथा डिस इन्फेक्टेड गरिएको छ।

कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ। त्यसैगरी संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालकको बिहीबार थ्रोट स्वाब सङ्कलन गरिएको थियो ।