अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणबारे गाउँपालिका महासंघको गम्भिर आपत्ति

कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी भएको आक्रमणबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले घोर आपत्ति जनाएको छ । जनप्रतिनिधिको सुरक्षामाथि प्रशन चिन्ह खडा भएको भन्दै आपत्ति जनाएकाे हो ।

बिहिबार बिज्ञप्ति जारी गर्दैल आक्रमणबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । बिज्ञप्ति जारी गर्दै गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले यो घटनाले जनप्रतिनिधिको सुरक्षा र आत्मसम्मानमाथि गम्भिर चोट पुर्याएको बताएका छन ।

अध्यक्ष सेनले उक्त अमानबिय कार्यको घोर भत्र्सना गर्दै दोषीमाथी कडा कारबाहि गर्न माग समेत गरेका छन ।

बुधबार उपभोक्ता समितिको कामकोबारे बिबाद बढेपछि स्थानिय उमेश न्यौपाने लगायतको समुहले कुटपिट गरेको भन्दै गाउँपालिका महासंघले भत्र्सना समेत गरेको छ । बिज्ञप्तिमा भनिएको छ अमानबीय ढंगले संघातिक आक्रमण गरिएको छ हाम्राे गम्भिर ध्यानाकर्षण भएकाे छ ।  

कालिकोटमा काँग्रेसका कार्यकताद्धारा वडाअध्यक्षमाथि कुटपिट

वडाअध्यक्ष माथिको कुटपिट, गाउँपालिकाद्वारा घोर भत्र्सना