कोरोनाबाट अमेरिकामा मृत्युु हुनेको संख्या ६१ हजार ६१८पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार ६१८ पुगेको छ ।

  पछिल्लो २४ घण्टामा त्यहाँ  २ हजार ३५२ जनाको मृत्यु भएको छ । २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।