कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १ हजार ८ पुग्यो

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट भारतमा  मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको  छ । भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै । भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७ हजार ७४७ जना उपचारपछि निको भएका छन् । २२ हजार ६०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकमा पनि भारत परेको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ २ हजार ९९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख १४ हजार ६५० बढी संक्रमित छन् ।