इन्द्रेणी युवा क्लबको सामाजिक काम र मरासिनीको त्याग (भिडियोसहित)

दाङ, देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङलाई यस क्षेत्रका सांसद तथा विदेशमा रहेर काम गर्ने नेपाली युवाहरुबाट समेत राहत आउने क्रम जारी रहेको छ ।

क्लबले केही दिनयता भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई भालुवाङ पुलचोक बजारको सडकमै खाजा नास्ता खुवाउने सामाजिक अभियान सञ्चालन गरेको छ । सोही अभियानलाई थप प्रभावकारी बनाउन तथा निरन्तरता दिन सांसद र बिदेशबाट नगद र जिन्सी राहत आउन लागेको हो ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित भई भालुवाङ बजार हुँदै पैदल हिडेर घर फर्किने व्यक्तिहरुलाई जनही एक÷एक वटा चाउचाउ, बिस्कुट, चिउरा र एक बोतल पानी निशुल्क रुपमा उपलब्ध गराउँदै आएको क्लबले अबदेखि चप्पल बिना पैदल हिडेर आएका र खुट्टा सुन्निएर हिड्न नसक्ने अबस्थामा भएका पैदलयात्रीहरुलाई चप्पल बितरण गर्ने र गन्तव्य स्थलसम्म पु¥याउने गरिएको क्लबका अध्यक्ष भिमबहादुर मरासिनीले जानकारी दिए ।

बैशाख ४ गते देखि शुरु गरिएको अभियानमा क्लबका सदस्यहरुले ब्यक्तिगत रुपमा पैसा उठाएर सहयोग गरिएकोमा अहिले विभिन्न सहयोगीदाताहरु थपिने क्रम बढिरहेको क्लबले जानकारी दिएको छ ।

यसै विषयमा रहेर क्लबका अध्यक्ष भिम मरासिनीसंग दाङ जिल्ला संवाददाता सन्तोषकुमार गुप्ताले गरेको कुराकानी….