प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
प्रकासित मिति : २०७७ बैशाख ११, बिहीबार २०:४५
प्रकासित समय : २०:४५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति निवास पुगेका छन् । करिब डेढघण्टा अघि उनी राष्ट्रपति निवास पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री शीतलनिवास पुगेको जानकारी गराए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री पार्टीका नेताहरुसँग तयार भएका थिए । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नसक्ने अनुमान गरिँदै आएको छ ।