बाँकेमा घर भाडा मिनाहा गर्न उपभोक्ता मञ्चको माग

नेपालगन्ज, बाँके विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको लकडाउका कारण घर बाहालमा सञ्चालन भएका उद्योग व्यवसायको घर बाहाल छुट गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले माग गरेको छ ।

मञ्चले एक प्रेस विज्ञप्ती जारी गर्दै केहि घर धनिहरुले स्वतस्फुर्त रुपमा बन्दाबन्दी अवधि भरको घर भाडा नलिने घोषणा गरेको भन्दै निर्णयको स्वागत गरिएको छ । म

ञ्चका अध्यक्ष मोति शर्मा मेथोड र महासचिव देबेन्द्र पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उदार मनकासाथ बन्दाबन्दी अवधि भरको घर भाडा मिनाहा गर्न माग गरिएको छ ।

यसैगरी नेपाल सरकारद्धारा गरिएको घरभाडा मिनाहा गर्ने निर्णयको स्वागत गर्दै विषम पस्थितीमा बन्दाबन्दी अवधि भरको घर बाहाल कर र बैंकको व्याज मिनाहा गर्न संघिय सरकारसँग जोडदार समेत माग गरिएको छ ।