नेकपा खजुराले दियो राहत संकलनमा तिब्रता ,खातामा जम्मा हुनेक्रम जारी

नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी खजुरा गाउँपालिकाले काेराेना महामारीले निम्त्याएकाे संकटलाइ मध्यनजर गर्दै राहत संकलनको कामलाई तिब्रता दिएको छ । नेकपाका खजुराका संयोजक राजकुमार बिकका अनुसार राहत संकलनमा तिब्रता दिएको हो ।

नेकपा खजुराको राहत कोषमा रकम उठनेक्रम जारी रहेको बिश्वकर्माले बताए । उनले भने केहि खाद्यन्न र नगद जम्मा गरेका छौँ हामी बिपन्न समुदायलाई बितरण गर्ने छौँ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंक खजुरा शाखामा रहेका खाता नं ४३५००००३५२०१ खातामा राहत स्वरुप नगद जम्मा हुनेक्रम जारी रहेको बताएका छन ।

उनले राहत स्वरुप खातमा राजकुमार बकिले ५ हजार १ सय याम बहादुर महताराले ५ हजार ज्ञानेन्द्र धितालले ५ हजार धनराम ओलीले ५ हजार देबराम बिसीले ५ हजार र गरिबे शेष जिल्ला कमिति सदस्यले  १० कुइन्टल चामल जम्मा गरिसकेको बताइएको छ । भने अबको ७ दिनभत्रि १५० कुइन्टल चामल जम्मा गरिसक्ने बताइएको छ ।