देउखुरी सिसहनियाँका थापा परिवारद्वारा एक महिनाको घरभाडा नलिने घोषणा

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका एक घरबेटी परिवारले अाफ्नाे घरको सटरमा व्यापार व्यवसाय गर्नेहरू संग लकडाउन अवधीको एक महिनाको सटर भाडा नलिने घाेषणा गरेका छन् । सिसहनियाँ बजारमा रहेको घरको ९ वटा सटरमा व्यापार गर्ने व्यापारीबाट घरधनी बसन्त थापाको परिवारले सटर भाडा नलिने घाेषणा गरेका हुन् ।

काेभिड १९, काेराेना भाइरसबाट विश्व आक्रान्त भएको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सम्पूर्ण व्यापार व्यवसाय, उद्योग धन्दा , कलकारखाना बन्द गरेर घर भित्र बस्न आव्हान गरेपछि यतिखेर देश लकडाउन छ ।

लकडाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घर भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा कसरी तिर्ने होला भनेर दाँतबाट पसिना छुटेको छ । यसैबीच नेपाल सरकारले सम्पूर्ण घरधनी नागरिकहरुलाई आफूले मासिक रूपमा लिदै आएको घरभाडा नलिनका लागि अाव्हान गरेको छ । सरकारले गरेको उक्त घाेषणालाई शिरोपर गरेर घरधनी थापा परिवारले त्यसरी घरभाडा नलिने कुरा बताएका छन् ।