प्रेस संगठन दाङद्वारा देउखुरीका पत्रकार बस्नेतलाई राहत प्रदान

भालुवाङ,   प्रेस संगठन दाङले अाइतबार दाङ देउखुरीका एक पत्रकारलाई राहत प्रदान गरेको छ । लमही नगरपालिका वडा नम्बर १ काैडिया निवासी राप्ती पोष्ट राष्ट्रिय दैनिकका संवाददाता श्रवण बस्नेतलाई उनकै घरमा पुगी २५ किलाे चामल र २ लिटर खाने तेल राहत स्वरूप प्रदान गरेको छ ।

लकडाउनका कारण घरमा रहेकाे रासन सिद्धिएकाे जानकारी पाए लगत्तै उनलाई संगठनले राहत दिइएको हाे।रासन पाएपछि उनी खुसी समेत भएका छन् भने राहत उपलब्ध गराउने संगठन प्रती उनले धन्यवाद ज्ञापन तथा अाभार प्रकट समेत गरेका छन् ।

राहत बितरण कार्यक्रममा पत्रकारहरु दशरथ धिमिरे,दिवाकर पाेखरेल ,शिबु खनाल ,प्रियास्मृति गजमेर लगायतकाकाे सहभागीता रहेको थियाे ।