आरोप प्रमाणित मात्र गर सार्वजनिक जिवन त्याग्न तयार छुः साँसद गहतराज

कोहलपुर,बाँके नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले आफुलाई लगाएका आरोपहरु गलत साबित भए सार्बजानकि जिवन त्याग्ने बताएका छन । केहि मिडियामा आएको गलत समाचारको भत्र्सना गर्दै आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन ।

शनिवार एक प्रेश बिज्ञप्ती जारी गदै अथकले कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिदै यस्तो प्रमाणीत भएमा सार्वजनिक जिवनबाट बिदा हुने समेत बताएका छन । हिल्स मेडि सप्लायर्सको स्वास्थ्य सामाग्रीको व्यापारीक कारोवारसंग आफ्नो नाम जोडि कालोबजारी र कमिसनमा जोडिएको भनि आएको उल्लेखित समाचार शतप्रतिशत गलत, भ्रामक र पुर्वाग्रहपुर्ण भएको बिज्ञप्तीमा उल्लेख छ ।

अथकले आफु बिरुद्ध श्रृखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशित गरिएको भन्दै केहि दिन पहिले आफ्नो जनसम्पर्क कार्यालय मार्फत आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत कोहलपुरका क्रियासील पत्रकार लाई बितरण गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीका सन्दर्भमा पनि सोहि अनलाईन मिडियाहरुले बिना प्रमाण, आधारहिन र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन ।

जनताको जनप्रतिनिधीको हैसीयतले हमेशा आफुले राज्यको तर्फवाट बितरण हुने स्वास्थ्य समाग्री बाट बाँके नछुटोस, गैर सरकारी संस्थाका तर्फ बाट बितरण हुने समाग्रीमा बाँके नछुटोस, व्यावसायीक तवर बाट आउने स्वास्थ्य सामाग्री बाट बाँके नछुटोस भनेर ध्यान दिने र पुर्याउने गरेको उल्लेख गर्दै सो को जानकारी समाजिक सञ्जाल र मिडियाको माध्याम बाट समयमै सरोकार वाला निकायलाई दिने गरेको उल्लेख गरेका छन ।

सो सामाग्री ल्याउनमा बाँके र बाँके बासीको चिन्ता र सरोकार बाहेक मेरो कुनै स्वार्थ छैन बिज्ञप्तीमा भनिएको छ । उनले बिज्ञप्तीमा काठमाण्डौमा स्वास्थ्य समाग्री बाँके लैजानका लागि मैले समन्वयको काम मात्रै गरेको बताउदै स्वास्थ्य मन्त्रालयको सिफारीसमा उक्त समाग्री नेपालगंजको हिल्स मेडि सप्लायर्स ले खरिद गरि बिक्रिका लागि लगेको उल्लेख छ ।

हिल्स मेडि सप्लायर्स लाई समाग्री बिक्रि गर्दा बाँके लाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्ने बाहेक उनिसंग मेरो कुनै सम्वन्ध नरहेको बिज्ञप्तीमा उल्लेख छ ।