राप्ती गाउँपालिकामा कोहि भोकै मर्नु नपरोस् भन्दै राप्तीे फिडद्धारा राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका नागरिकहरु राहत नपाएर भोकै बस्न नपरोस् भन्दै तत्काल राहत बितरणका लागि राप्ती फिड ह्याचरी एण्ड इण्डिष्ट्रज प्रा.लि. सतबरिया दाङले ८६ हजार बराबरको चामल गाउँपालिकाको ९ वटै वडाका नागरिकहरुलाई प्रदान गरेको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न तथा निम्न वर्गका घरपरिवारलाई गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोष मार्फत पालिकाको ९ वटै वडाहरुमा दुई÷दुई क्वीइन्टलका दरले चामल प्रदान गरिएको हो ।

गाउँपालिकामा जम्मा भएको राहत बितरणमा केही ढिलाई हुने देखिएको भन्दै प्रा.लिले कुनैपनि नागरिक खाना नपाएर भोकै मर्नु नपरोस् भन्दै गाउँपालिकाको ९ वटै वडामा त्यस्ता नागरिकहरुको पहिचान गरी सोही अनुरुप राहत बितरणका लागि सम्बन्धित वडा कार्यालयमै उक्त राहत पु¥याई बितरण गरिएको राप्ती फिड ह्याचरी एण्ड इण्डिष्ट्रज प्रा.लि.का अध्यक्ष लिलाराम खनालले जानकारी दिए ।

नेपाल सरकारले देशैभरि एकद्धार प्रणालीबाट राहत बितरण गर्ने नीति अनुरुप प्रालिले स्थानीय सरकार राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोष मार्फत उक्त राहत उपलब्ध गराएको अध्यक्ष खनालले बताए ।

एक वडालाई ९ हजार ६ सय रुपैयाँका दरले चामल खरिद गरी वडा कार्यालय मार्फत सम्बन्धित वडा कार्यालयका वडाध्यक्षहरुको रोहबरमा राहत बितरण गरिएको अध्यक्ष खनालले जानकारी दिए । उक्त राहत प्रालिका सञ्चालक जगतप्रसाद पोख्रेलले गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई एकमुष्ट प्रदान गरेका थिए ।

प्रदान गरिएको राहत चामल प्रालिकै सक्रियतामा सम्बन्धित वडा कार्यालयमा पु¥याई सम्बन्धित वडाअध्यक्ष मार्फत सम्बन्धित वडाका नागरिकहरुलाई प्रदान गरिएको प्रालिका सञ्चालक पोख्रेलले बताए ।